नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निर्माण ठप्प भएको एक महिनापछि मंगलबारबाट पुनः काम सुरु भएको छ । स्थानीयले आयोजना सुरु गर्दादेखिका खानेपानीलगायतका माग उठाएर काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सोमबार मन्त्रालयमा भएको वार्तापछि सुरुङको काम पुनः सुरु गर्ने सहमति भएको हो ।