अर्को पुसदेखि नागढुंगा सुरुङबाट गाडी चलाउने योजना

निर्माण थालेको ५० महिनामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ६७.६१ प्रतिशत छ । सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्‍याइएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।