नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै

काठमाडौं। अहिले पूर्व-पश्चिम महेन्द्रराजमार्ग हुँदै काठमाडौं प्रवेश गर्नेहरुका लागि एउटा मात्रै विकल्प छ- नागढुंगा नाका । पृथिवी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डबाट नै राजधानीका लागि चाहिने अत्यावश्यक कुराहरुको आपूर्ति हुन्छ । यो नाका ३ दिन मात्रै बन्द हुने हो भने राजधानीको आपूर्ति प्रणालीनै अस्तव्यस्त हुन सक्छ ।  केहि गरि नागढढुङ्गा-नौबिसे सडक खण्डको बिचैमा एउटा गाडी पल्टियो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीले कम्तिमा ४/५ घण्टा सम्म जाममा बस्नुपर्छ । किनभने उक्त सडक खण्डमा पल्टिएको सवारी नहटाएसम्म उपत्यका भित्रिने र बाहिरिने अर्को विकल्प हामिसँग छैन । तर अब भने नागढुंगा-नौबिसे सडक खण्ड एक महिना बन्द भएपनि उपत्यकाको आवत जावत र आपूर्ति प्रणाली रोकिने छैन । किनभने यो सडकमा अब एकै पटक दुई ओटा विकल्प तयार हुँदै छन्, पहिलो सुरुङमार्ग र दोस्रो भिमढुङ्गा-धार्के सडक खण्ड । नागढुंगा-नौबिसे सुरुङमार्गको काम युद्ध स्तरमा अघि बढिरहेको बेला सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम पनि धमाधम भइरहेको छ । आगामी १/२ वर्षभित्रै यी दुवै आयोजनाको काम सकिने छ । आयोजना सम्पन्न भएसँगै पृथिवी राजमार्ग बनेको १०० वर्षभन्दा लामो समयपछि राजधानी छिर्ने मुख्य नाकाले दुईओटा विकल्प पाउने छ । नागढुंगा सुरङमार्गको काम ४२ प्रतिशत नागढुंगा-नौबिसे सुरुङमार्गमा अहिले सुरुङ खन्ने काम ४२ प्रतिशत सकिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । २०७६ कात्तिक देखि निर्माण शुरु गरिएको यो आयोजना आर्थिक वर्ष २०७९/८० भित्र सक्ने लक्ष्य छ । २.७ किलोमिटर लामो सुरुङमार्गको सुरुङ खन्ने काम ४२ प्रतिशत पूरा भएपनि समग्र प्रगति भने ३० प्रतिशत हाराहारी मात्रै रहेको उनले बताए । जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र बाँकी अपुग रकम नेपाल सरकारले हाल्ने गरि आयोजना अघि बढेको हो । यो सुरुङमार्ग आयोजनाको निर्माण भने जापानी कम्पनीलेनै गरिरहेको छ । सडक यातायातकै लागि बनाइएको यो नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हुने दावी गरिएको छ । यो सुरुङमार्ग बन्दा यसले नागढुंगा-नौबिसे सडक खण्डको चाप आधा कम गर्ने विश्वास गरिएको छ । सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम ५० प्रतिशत सितापाइला-भिमढुङ्गा-धार्के सडकको काम भने करिब ५० प्रतिशत पूरा हुँदै छ । सितापाइलादेखि रामकोट सम्मको ५ किलोमिटर सडक ६ देखि ११ मिटर सम्म कालोपत्रे नै भइसकेको छ । रामकोटदेखि काठमाडौं-धादिङको सीमाना ठूलोखोला सम्मको बाँकी ५ किलोमिटर सडकमा भने अहिले धमाधम काम भइरहेको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताए । सितापाइला देखि काठमाडौं-धादिङको सीमाना ठूलो खोला सम्मको १० किलोमिटर र धादिङमा ३ किलोमिटर गरि १४ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको सडक विभागका प्रवक्ता शिव प्रसाद नेपालले बताए । सितापाइलादेखि धार्के सम्म २२ मिटर चौडा सडक निर्माण गरेर नागढुंगा-नौबिसे सडक खण्डको विकल्प दिने गरि यो आयोजना अघि बढेको हो । तर मुअब्जा विवादका कारण अहिले यो सडक ६ देखि ११ मिटर सम्म फराकिलो बनाएर कालोपत्रे गरिएको प्रवक्ता नेपालले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा १० किलोमिटर सडकलाई कालोपत्रे गर्ने काम सकिने छ ।  धादिङ तर्फको ३ किलोमिटर सडक नुवाकोट डिभिजन कार्यालयले स्तरोन्नती गरिरहेको नेपालले बताए । काठमाडौं तर्फको सडक भने काठमाडौं डिभिजनले नै हेरिरहेको छ । धादिङतर्फको ११ किलोमिटर बाँकी सडकको स्तरोन्नती गर्नका लागि पनि विभागले मन्त्रालयमा फाइल पठाइसकेको प्रवक्ता नेपालले बताए । सरकारले भने स्रोत सुनिश्चितता नभएकोले फाइल अगाडी बढाउन सकेको छैन । नागढुंगा-नौबिसे सडकको तेस्रो विकल्पका रुपमा हेरिएको सितापाइला-भिमढुङ्गा-धार्के सडकको स्तरोन्नती पूरा भएसँगै राजधानी प्रवेश गर्ने नयाँ नाका पनि तयार हुने छ । २०७८ साउन १५ गते ठेक्का सम्झौता भएको उक्त सडकको काम निर्धारित समयमा सकिएमा आगामी साउन भित्र अधिकांश ठाउँमा ११ मिटर चौडा सडक कालोपत्रे हुने छ । रामकोट-भिमढुङ्गा-ठूलोखोला सडकको दायाँ बायाँ साइट क्लियर गरेर पर्खाल उठाइएको छ । भिमढुङ्गा बसपार्कदेखि अगाडीको सडकमा बाटो फराकिलो बनाउने काम भइसकेको छ ।  सितापाइलादेखि रामकोट सम्मको सडक स्तरोन्नती गर्न गत वर्ष नै सरकारले २७ करोड रुपैयाँ खर्चेको थियो । रामकोट देखि ठूलो खोला सम्मको सडक स्तरोन्नतीका लागि यो वर्ष ३५ करोड ३० लाख रुपैयाँको ठेक्का लगाइएको छ । उक्त सडक कान्छाराम/सिएम/वेदान्शी जेभीले स्तरोन्नती गरिरहेको छ । २२ मिटर भित्र घर टहरा निर्माणमा रोक सरकारले उक्त सडकलाई ढिलो चाँडो २२ मिटर चौडा बनाउने योजना सहित उक्त क्षेत्रमा खाली रहेका जग्गामा २२ मिटर भित्र घर टहरा बनाउन रोक लगाइसकेको मेयर बस्नेतले बताए । ‘स्थानीयको भनाई त ११ मिटर सडक नै ठिक छ भन्ने छ ।’ बस्नेतले भने, ‘तर सरकारले २२ मिटर नै बनाउने भनेर मुअब्जा दिन शुरु गरेमा सबैले मान्नै पर्ने हुन्छ ।’ ११ मिटरमा पनि कन्टेनर आउन सक्ने सडक विभागका प्रवक्त नेपाल ६ देखि ११ मिटर फराकिलो हुँदा पनि सामान बोकेका कन्टेनर आउन समस्या नहुने बताउँछन् ।  सरकारले यसलाई नागढुंगा-नौबिसे सडकको विकल्पका रुपमा हेरेकाले २४ किलोमिटर सडक स्तरोन्नती भएपछि एकतर्फी कन्टेनर चल्न सक्ने नेपालले बताए । बिच-बिचमा साइड दिनको लागि ११ मिटर फरकिलो बाटो रहेकाले केहि ठाउँमा ६ मिटर मात्रै पिच हुँदा पनि फरक नपर्ने उनको भनाई छ ।

सम्बन्धित सामग्री

नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौँ । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले जानकारी दिए । सडकमा गएराति र अस्ति सोमबार रातीदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उनले आग्रह गरेका छन् ।  रोकिएका सबै गाडी एकैपटक चल्दा […]

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, लेन अनुशासन पालना गर्न आग्रह

काठमाण्डौ - पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम छ । लेन अनुशासन पालना गरेर गाडी चलाउन उहाँले आग्रह गर्नु भएको छ । रोकिएका सबै गाडी एकैपटक चल्दा लेन अनुशासन पालना नहुने र यसकै कारण जाम हुने गरेकाले लेन अनुशासन पालना गर्न उहाँले आग्रह गर्नु भएको हो ।   गएराति सडक खुल्दा पनि यसैगरी लेन अनु...

मुग्लिन हुँदै चल्ने गाडीमा यात्रा कष्टकर, पहिरो पन्छाए पनि लामो जाम

काठमाण्डाै - मुग्लिन हुँदै चल्ने गाडीको यात्रा कष्टकर भएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् । अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । लामो  जामका कारण यात्रुको बिचल्ली भएको बुटवलबाट काठमाण्डौ आउँदै गरेका राजेश सुनारले गुनासो गर्नुभयो । लामो जामका कारण विशेषगरी बिर...

नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)

गणेश दुलालचितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्

महाधिवेशनस्थल पुग्दैछन् एमाले कार्यकर्ता, ठाउँठाउँमा जाम [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ ।  देशका विभिन्न ठाउँबाट नेता/कार्यकर्ता नारायणी किनार पुगिरहेका छन् ।  एकैपटक धेरै ठाउँबाट कार्यकर्ताहरू पुग्दा अहिले नारायणी पुल वरपर तथा मुख्य राजमार्गमा पनि जाम भएको  छ ।

अध्ययन टोली भन्छ : सगरमाथामा मौसम राम्रो नहुँदा लाम लागेको हो, जाम भएको होइन

काठमाण्डौ – सगरमाथामा एकैपटक धेरै जनालाई पठाउँदा ट्राफिक जामका कारण दुघर्टना भएको विषयमा छानबिन गर्न बनेको समितिले सगरमाथामा जामका कारण दुघर्टना नभएको जनाएको छ । यो सिजनमा सगरमाथा आरोहणका क्रममा १५ जनाको ज्यान गएको थियो, २ जना अझै बेपत्ता छन् । धेरै आरोहीका कारण सगरमाथामा जाम भएकोले केही आरोहीको ज्यान गएको ...

कोटेश्वरको जाम भक्तपुरको ठिमीसम्म !

कोटेश्वरदेखि भक्तपुरको ठिमीसम्म बिहिबार भएको सडक जाम । महानगरीय ट«ाफिक प्रहरी प्रभाग कोटेश्वरका सबै प्रहरीको एकैपटक सरुवा गरेपछि आज बिहानैदेखि

कोटेश्वरको जाम भक्तपुरको ठिमीसम्म !

कोटेश्वरदेखि भक्तपुरको ठिमीसम्म बिहिबार भएको सडक जाम । महानगरीय ट«ाफिक प्रहरी प्रभाग कोटेश्वरका सबै प्रहरीको एकैपटक सरुवा गरेपछि आज बिहानैदेखि