जहाँ हिउँ साँधेर खाने र हिउँको पानीले बालबालिकालाई नुहाइदिने चलन छ

अहिले देशभरि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार दिउँसो पनि सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्‌ गङ्गा नगरकोटीले बताइन्।त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले वर्षा र हिमपात भएको नगरकोटीले बताइन्। उनी भन्छिन्, 'हिउँदमा यसरी पानी पर्नु सामान्य नै हो।'सुधार कहिलेबाट?बुधवार बिहान ८ बजेसम्म सबैभन्दा बढी गोरखाको बारपाकमा पानी परेको मापन गरिएको छ। त्यहाँ २९.४ मिलिमिटर पानी परेको छ।त्यसैगरी मनाङको हुन्डेमा २७.५ मिलिमिटर, चितवनमा २५.८ मिलिमिटर र लमजुङ २४.६ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद्‌ नगरकोटीले बताइन्।'भोलिबाट नेपालको पश्चिमी भूभागबाट मौसममा क्रमिक रूपमा सुधार हुँदै जानेछ,' उनले भनिन्।मौसमी प्रणालीको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।हिउँ साँधेर खाने चलनजुम्लालगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।जुम्लाकी भगवती आचार्यले भनिन्, 'हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।'अहिलेभन्दा पनि फागुन-चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाण्डूसम्म पुर्‍याउने गरेको पनि जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरी बताउँछन्।उनले भने, 'कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु। तर नेपालगन्जमा रहेका मेरा आफन्तहरूले धेरै पटक हिउँ मगाएका पनि छन्।'त्यहाँ पुर्‍याएको हिउँ आफन्तका साथै अन्य मानिसले साँधेर खाँदा कतिपय आश्चर्यजनक ढङ्गले हेर्ने र सोध्ने गरेको उनले बताए।जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीयवासी जानकी शाहीले बताइन्।'चैत-वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ,'उनले भनिन्।गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उनी बताउँछिन्।हिउँ पर्दा के-के गरिन्छ?हिमाली जिल्लाहरू हुम्ला, जुम्ला डोल्पा, मुगु र कालिकोटमा हिउँ परेको समयमा विशेषगरी मकै, सिमी, भट्मास, गुराँस, गहतलगायत गेडागुडीको तथा सखीको खुट्टाको झोल बनाएर खाने चलन रहेको यहाँका स्थानीयवासी बताउँछन्।चिसोको समयमा घरभित्रै बसेर आगो ताप्ने र गेडागुडी पकाएर खाने चलन पहिलादेखि नै रहिआएको जुम्लाकी ६८ वर्षीया बिजुली उपाध्यायले बताइन्।मंसिरदेखि फागुनसम्म हिमाली जिल्लामा हिउँ पर्ने भएर आफूहरूले पहिलादेखि नै हिउँदमा आगो बाल्नका लागि दाउरा अनि खानका लागि तरकारी तथा पिठो र चामल सबै जम्मा गरेर राख्ने चलन रहिआएको उनले बताइन्।उनका अनुसार हिउँ परेको समयमा महिलाहरूले घरभित्रै बसेर सिरक तक्ने, भेडाको ऊन छान्ने, पोते उन्ने, स्वेटर बुन्ने र बालबालिका तथा ज्येष्ठ नागरिकका लागि तातोतातो खाने कुरा बनाएर समय समयमा खाने गर्छन्।हिउँ परेको समयमा लोककथाहरू सुनाउने रमाइलो गर्ने चलन रहिआएको उनी बताउँछिन्।यो समयमा रात पनि लामो हुने भएकाले यसो गर्नाले समय बिताउन सजिलो हुने गरेको उनको अनुभव छ।जुम्लाकी अर्की स्थानीय बासिन्दा मनिषा शाही भन्छिन्, 'आमा र बज्यैहरूले हिउँसम्बन्धी भनेका कथा र उखानहरू सुन्दा निकै आनन्द लाग्छ।'यति बेला विशेषगरी ज्येष्ठ नागरिकलाई उखान भन्ने गरिएको उनले बताइन्।उनले भनिन्, 'हिउँ पर्‍यो पुस, बूढाबूढी रुस, हिउँ पर्‍यो माघ, बूढाबूढी भाग। हिउँ पर्‍यो बान्ना बच्चाबच्ची तान्ना जस्ता उखान एकअर्कालाई भन्ने र रमाइलो गर्ने गर्छन्।'हिउँ परेको समयमा जुम्लाका किसानहरू स्याउ, आरु, ओखरलगायत फलफूल खेतीमा सिँचाइ गर्नका लागि हिउँ सङ्कलन गर्ने गर्दै आएका छन्।अहिलेको हिउँले जौ, गहुँ, उवालगातय बालीको उत्पादन राम्रो हुने भएकाले आफूहरूले हिउँ सङ्कलन गरेर राख्ने गरेको जुम्लाकी अर्की किसान भगवती आचार्य बताउँछिन्।-बिबिसीबाट 

सम्बन्धित सामग्री

काठमाडौंका डाँडातिर पर्‍यो हिउँ

काठमाडौं उपत्यकाका केही डाँडामा हिउँ परेको छ । चन्द्रागिरी, फूलचोकीलगायत डाँडामा आज मध्यान्ह हिउँ परेको हो ।

हातैले पन्छाइयो सिमकोट विमानस्थलको हिउँ

सिमकोट – सिमकोट विमानस्थलमा जमेको हिउँ सेनालगायत सुरक्षाकर्मीले हातैले बेल्चाबाट पन्छाएका छन्। विमानस्थलको हिउँ फाल्ने गाडी बिग्रिएपछि तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी मिलेर हिउँ फालेका हुन्। बराह दल गुल्मका गुल्मपति दिनेशकुमार खड्काका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सिमकोट विमानस्थलमा जमेको हिउँ फालिएको हो। बिहीबार विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य भइरहेको समयमा गाडी […]

हिउँ पन्छाएर जहाज अवतरण

जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ  सुरक्षाकर्मीले  पन्छाएपछि  जहाज  अवतरण  गरिएको  छ । शनिबार  बिहानैदेखि  नेपाली  सेना,  नेपाल  प्रहरी  र  सशस्त्र  प्रहरीको टोलीले  धावनमार्गको  हिउँ  पन्छाएको  थियो ।   हिउँ  हटाएलगत्तै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । प्राधिकरणका  अधिकृत  सोनाक्षी  सिंहका  अनुसार  हिउँ पन्छाएपछि तारा र समिट एयरको एक/एक...

हिउँ खेल्ने रहर जागेपछि ….

२२ माघ, काठमाडौं । वर्षासँगै शुक्रबार काठमाडौं आसपासका डाँडाहरुमा हिउँ पर्‍यो । शनिबार पनि विहानबाट मौसम सुधार आएको थियो, त्यसैले हिउँ पर्ने अपेक्षासहित युवा युवतीहरु चन्द्रगिरि लगायतका डाँडामा पुगेका थिए । तर राम्रोसँग घाम नलागेपनि पानी नै परेन । त्यसैले डाँडाहरुमा पुगेकाले चाहे जस्तो हिउँ खेल्न पाएनन् । बाटोमा अघिल्लो दिन परेको हिउँ त थियो, […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङ – लमजुङको घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको ओइरो लागेको छ। बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीसहरलगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो। वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ। हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ। कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका […]

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो । वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।हिमपातसँगै चिसो अत्याधिक बढेको

चन्द्रागिरि डाँडामा हिउँ पर्‍यो फुरुरु…

१४ पुस, काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ । वर्षा र हिउँको चिसो छल्दै डाँडामा पुगेका आन्तरिक पर्यटकले हिउँ खेलिरहेका छन् ।  चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको […]

हिउँ परेपछिको चन्द्रागिरि...

काठमाडौं : आज काठमाडौंमा हल्का वर्षा भएसगैँ चन्द्रागिरिमा हिउँ परेको छ। उपत्यकाको मौसम बदली हुँदा चिसो ह्वात्तै बढेको छ। हिउँ परेसँगै मानिसहरु हिउँ खेल्न चन्द्रागिरि पुगेका छन्। चन्द्रागिरिमा हिउँ खेल्दै गरेका फोटोहरु सामाजिक संजालहरुमा देखिएका थिए।  लकडाउनका कारण ठप्प भएको चन्द्रागिरी हिल्समा अहिले आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएसँगै राहत मिलेको छ।…

टल्कनै छाडे हिमालमा हिउँ, तस्बिरमा यस्तो देखियो हिमाल

केही वर्ष पहिले बाह्रैमहिना हिउँ रहिरहने रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि चाँदी झै टलक्क टल्कन छाडेका हिमाल । पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि  यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन। तस्बिरः रासस

हुम्लामा धारामा हिउँ जम्यो

सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सानाको धारामा हिउँ जमेको छ । हिउँ जमेपछि सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा हिउँ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा हिउँ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिए । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताए । “कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ; र, पानीका धारामा हिउँ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ” उनले भने । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उनले बताए ।