काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वैदेशिक व्यापारका सबै सूचकमा कमी आएको छ । अर्थतन्त्रका मुख्य सूचकमा सुधार देखिए पनि आयात, निर्यात र समग्र वैदेशिक व्यापारमा कमी आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।साउन र भदौ महिनामा दुई खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गएको आर्थिक वर्षको साउन र भदौको तुलनामा पाँच प्रतिशतले कम हो । यस्तै साउन र भदौमा गरेर २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गएको वर्षको शुरुको दुई महिनाको तुलनामा झन्डै आठ प्रति...