काठमाडौं, भदौ ११ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा हुने यू–१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ। यस्तै भारतले […]