नेकपा एमालेको इतिहासमा बुटवलले धेरै प्रभावशाली नेता उत्पादन गरेको छ । एमाले पार्टीको लुम्बिनी प्रदेश कार्यालय पनि बुटवलमै छ । एमालेका कार्यकर्ताहरुको भनाइमा बुटवलमा २०५४ यता नेकपा एमालेको एकछत्र ‘राज’ चलेको ठाउँ हो । उनीहरु बुटवललाई गर्वका साथ आफ्नो ‘लाल किल्ला’ भन्ने गर्दछन् ।२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसलाई ‘क्लिन स्वीप’ गरेर बुटवललाई एमालेको गढ साबित गरेको थियो । तर, हालै सम्पन्न स