परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् ।कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् ।उनले लेखेकी छिन्, &lsquo