मिथिलाञ्चलको पवित्र पर्व ‘जितिया’ आजदेखि जितिया सुरु भएको छ । धार्मिक विधि अनुसार जितिया गर्ने महिलाहरुले आज एकाविहानै नुहाएर खाने परम्परा छ । यसरी धार्मिक अनुष्ठान अनुसार जितिया पर्व सुरु भएको मानिन्छ । एकाबिहानै स्नानपछि ब्रतालु महिलाहरुले घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाउने गर्छन् । आज चढाएको तेल आमाले सन्तानको शीरमा लगाएर दिर्घायूको कामना गर्ने गरिन्छ । पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने परम्परा छ । यस