काठमाडौं : थारु समुदायले आज जितिया पर्व मनाउँदै छन्।थारु समुदायका महिलाहरुले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो। थारु समुदायले मनाउने प्रमुख चाड मध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै र गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दी