आज थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदैछन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी यो पर्व मनाउने गर्दछन्...
सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् । आफ्नो छुट्टै पहिचान बनाएका थारु समुदाय सामाजिक रूपमा जुनसुकै समुदायसँग सजिलै मिलेर बस्ने स्वभावको रहेको हुन्छ । आ-आफ्नो योग्यता र क्षमता अनुसार कामको बाँडफाँड गरी समाजमा सामन्जस्य कायम गर्नु यो समुदायको विशेषता हो । थारू समुदायले मनाउने विभिन्न संस्कृतिमध्ये जितिया पर्व पनि एक हो । […]