सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरबीच कुटपिट हुँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा ज्यान गएको छ ।
अरुण तेस्रोको पावर हाउस गृह चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत दुई मजदुरबीच झगडा हुँदा गम्भीर घाइते भएका कालीकोट तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय वसन्त शाहीको उपचारका क्रममा ज्यान गएको हो ।
गएको असार १० गते राति दुई मजदुरबीच विवाद बढ्दै गएपछि कालीकोट महाबै गाउँपालिका–२ का ५० वर्षीय अर्जुन स...