शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि ४३६ पदमा विज्ञापन गरेको हो। उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ।

सम्बन्धित सामग्री

जो खरिदार पद अस्वीकार गर्दै मावि शिक्षक बने

सामान्यतया आम मानिसको चाहना निजामती कर्मचारी बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसका लागि लोक सेवा पास गर्न निकै मेहनत र कसरत गर्छन् । अन्य सेवा तर्फका कर्मचारी समेत लोक सेवा भने मरिहत्ते गर्ने गरेको पाइन्छ । विशेष गरी शिक्षक निजामती क्षेत्रलाई रोज्ने गरेको देखिन्छ । शिक्षक सेवा आयोग पास गरेका मावि वा निमाविका शिक्षक समेत निजामती तर्फको खरदार सरहको जागिर खान बढी आकर्षित हुन्छन् ।  तर, सल्यानका एक जनाले भने लोक सेवा आयोगको पद अस्वीकार गर्दै शिक्षक सेवा आयोगलाई रोजेका छन् । &nbs