राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली गरिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको छ । प्राप्त जानकारीअनुसार २३३ जना शिक्षक पुनर्बहाली हुने भएका छन् । यस्तै १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा उपलब्ध गराउने र २८४ शिक्षकले एकमुष्ठ आर्थिक सहायता पाउने भएका छन् ।