पर्वत : १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धका कारण शिक्षक पेसाबाट विस्थापित भएका पर्वतका पाँच जना शिक्षकहरू शिक्षण पेसामा नै पुनर्बहाली भएका छन्।शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख रामेश्वर लामिछानेका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको पत्राचारका आधारमा मन्त्रिपरिषद्ले गत फागुन १६ गते गरेको निर्णय अनुसार अनुसूची ३ (क) मा सूचीकरण भएका शिक्षकहरूलाई समन्वय इकाइबाट समेत निर्णय गरेर विद्यालयमा पठाइएको छ।पुनर्बहाली भएकाहरूमा कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका रामप्रसाद ल