काठमाण्डाै - नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ ।
मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् ।
पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गएकाे २०७३ मङ्सिर २६ गते ...