राजनीतिक द्वन्द्व, आन्दोलनका कारण हटाइएका शिक्षकको पुनर्बहाली गर्ने सरकारको निर्णय

काठमाण्डाै – सरकारले राजनीतिक पूर्वाग्रह द्वन्द्व र आन्दोलनको कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र व्यवस्थापन गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सय ८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको हो । जसमा दुई सय ३३ जना शिक्षकको पुनर्बहाली हुने भएको छ । १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको हकमा सेवा सुविधा र दुई सय ८४ जना शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका हुन् । तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्य...