कञ्चनपुर : कृष्णपुर नगरपालिका-५ गुलरियाका द्वन्द्वका क्रममा दुई दशकअघि विस्थापनमा परेका आधारभूत तहका शिक्षक चन्द्रसिंह साउद पुनर्बहाली भएका छन्। शिक्षकमा पुनर्बहाली भएपछि उनी निकै खुसी छन्।साउदलाई पुनर्वास नगरपालिकाको ‘ङ’ गाउँस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पुनः स्थापन गरिएको छ। वि.सं २०५८ सालमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका वेला शिक्षक साउद विद्यालयबाट विस्थापनमा परेका हुन्।विद्यालयका दुईजना अस्थायी शिक्षक तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी हु