ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एसियाली विकास बैङ्क (एडीबी) दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा बीच छलफल भएको छ । मन्त्रालयमा शुक्रबार भएको छलफलमा एडीबी लगानीका आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।