अर्थतन्त्र अप्ठ्यारोमा : एडीबी

काठमाडौं । नेपाली अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुगेको एशियाली विकास बैंक (एडीबी) ले ठहर गरेको छ । विश्वमा देखिएको उतारचढाव र राज्यले समयमै सही नीति अवलम्बन नगर्दा अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको र भविष्य अझ चुनौतीपूर्ण रहेको एडीबीले बुधवार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक–२०२२ मा उल्लेख छ । युक्रेन–रूस तनावबाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल र अन्य वस्तुको मूल्यका कारण मुद्रास्फीतिमा चाप पर्ने (महँगी बढ्ने) एडीबीले उल्लेख गरेको छ । उसले अहिले नै चुनौतीका रूपमा देखापरेको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्ने चेतावनी पनि दिएको छ । ‘रुस–युक्रेन तनावका कारण विकसित अर्थतन्त्रको मन्द विस्तार, अवरुद्ध व्यापार प्रवाह र तेल तथा अन्य वस्तुको बढ्दो मूल्यले नेपालको भुक्तान सन्तुलन र विदेशी विनिमय सञ्चितिमा थप चाप पर्न सक्छ,’ नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले भनेका छन् । सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत थियो । २०२२ मा ३ दशमलव ९ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष (आव) को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरेको थियो । एडीबीले बढ्दो व्यापारघाटालाई नेपाली अर्थतन्त्रको दीर्घकालीन चुनौतीका रूपमा लिएको छ । एडीबीको रिपोर्टमा बढ्दो आयात तर न्यून निर्यातले संरचनागत समस्या ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । नेपालको अन्तरराष्ट्रिय व्यापारघाटा चुलिँदै गएको तर त्यस्तो घाटा पूर्ति गर्ने स्रोतको विस्तार सोही अनुपातमा नहुँदा समस्या बढ्दै जाने देखिएको आउटलुकमा उल्लेख छ । एडीबीका अनुसार यो समस्या समाधानका लागि सरकारले व्यापार नीति तथा विभिन्न कानूनमार्फत लागत न्यूनीकरण तथा प्रतिस्पर्धा बढाउन खोजे पनि त्यसको प्रभाव देखिएको छैन । विभिन्न बहु तथा द्विपक्षीय पहलबाट निर्यात बढाउन खोजिए पनि परिणाम अझै नदेखिएको एडीबीको ठहर छ । ‘नेपालको उत्पादन राम्रो भए पनि त्यसका लागि आवश्यक पूँजी, प्रविधि र शीप नहुँदा निर्यात हुन सकेको छैन । सामान्य प्रयोगशालासमेत नहुँदा नेपाली उत्पादनले विश्व बजारमा प्रवेश पाएका छैनन्,’ आउटलुकमा भनिएको छ । ठूलो लगानी र प्रविधि अभावले लाभ लिन नसकेको मात्र नभई नेपालले कतिपय धनी देशले दिएका सहुलियत पनि व्यापारमा उपयोग गर्न नसकेको एडीबीले औंल्याएको छ । २०७२ सालको भूकम्पपछि अमेरिकाले नेपालको कार्पेट, पश्मिनाजस्ता वस्तुलाई सहुलियत पहुँच दिने निर्णय गरेको थियो । तर, अमेरिकी बजारमा प्रवेशका लागि पूरा गर्नुपर्ने गुणस्तरको अनिवार्य मापदण्डमा पुर्‍याउन नसक्दा नेपाली उत्पादनले उक्त लाभ अझै लिन नसकेको आउटलुकमा भनिएको छ । सूचनाप्रविधि र पर्यटन क्षेत्रमा नेपालले उल्लेखनीय काम गरेर लाभ लिनसक्ने भए पनि त्यस्तो नदेखिएको एडीबीको ठहर छ । नीतिनियम निर्माण भए पनि त्यसको कार्यान्वयन र निरन्तरता नहुँदा परिणाम नआएको हो । अनुकूल वर्षाले धान उत्पादन राम्रो हुने अपेक्षा थियो । तर, कात्तिक अन्तिम र मङ्सिरको शुरूमा बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्‍यायो । यसले धानको उत्पादन ९ प्रतिशतले घटाएको एडीबीले उल्लेख गरेको छ । उपभोक्ता र लगानी मागका आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४ दशमलव १ प्रतिशत रहने अनुमान छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभावमा समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा एडीबीको छ । महामारीविरुद्ध खोप अभियान जारी रहनु र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै जानुलाई एडीबीले सकारात्मक मानेको छ ।

सम्बन्धित सामग्री

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

२९ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक …

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

मनिला, २७ मङ्सिर । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने […]

नेपाली अर्थतन्त्र सुध्रिने एडीबीको प्रक्षेपण

काठमाडौं। एशियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपाली अर्थतन्त्र सुध्रने प्रक्षेपण गरेको छ ।  एडीबीको प्रमुख प्रकाशन एशियन डेभलपमेन्ट आउटलुक–२०२३ ले नेपालको अर्थतन्त्र ४ दशमलव ३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो । यो गत आवको अनुमानित वृद्धि १ दशमलव ९ प्रतिशतभन्दा धेरै हो । सरकारले चालू आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । महत्त्वाकांक्षी लक्ष्य सरकारले राखे पनि काम गर्ने शैलीमा कुनै परिवर्तन नआएकाले उक्त लक्ष्य प्राप्त हुने सम्भावना छैन ।  बलियो आधार फेला नपार्दा आर्थिक वृद्धि सरकारले राखेको लक्ष्यभन्दा कम हुने एडीबीले प्रक्षेपण गरेको देखिन्छ । एडीबीका अनुसार चालू आवमा नेपालको मुद्रास्फीति (महँगी वृद्धिदर) घटेर ६ दशमलव २ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण छ । केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ ।  विदेशी मुद्रा सञ्चितिमा सहजता र ब्याजदर केही कम भएसँगै यसले घरजग्गा तथा व्यापार व्यवसाय विस्तार गर्ने एडीबीको प्रक्षेपण छ । यद्यपि पर्याप्त वर्षा नहुनुका साथै अनियमित मौसम प्रणाली र पशुमा फैलिएको लम्पी स्किन महामारीका कारण कृषिक्षेत्र संकुचित हुने उसको आकलन छ । एडीबीका नेपाल प्रमुख इयान ह्रयान्सनले मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा केही प्रगति देखिए पनि बजेटको लक्ष्य प्राप्त गर्नु चुनौतीपूर्ण रहेको बताए ।  विदेशी मुद्रा सञ्चितिमा सहजता र ब्याजदर केही कम भएसँगै यसले घरजग्गा तथा व्यापार व्यवसाय विस्तार गर्ने एडीबीको अनुमान उनका अनुसार मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा केही प्रगति देखिए पनि बजेटरी चुनौती यथावत् छ । आव २०८०/८१ मा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ४ प्रतिशत कायम रहने अनुमान छ । यो अघिल्लो आवको ६ दशमलव १ प्रतिशतभन्दा न्यून हो । ‘सरकार महत्त्वाकांक्षी राजस्व लक्ष्यमा असफल भयो भने वास्तविक बजेट घाटा अनुमान गरेभन्दा धेरै बढी हुनसक्छ,’ एडीबी नेपाल नियोगका प्रमुख अर्थशास्त्री ह्रयान्सनले भने ।  अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिमा आएको रोकावट तथा नेपालले मुख्य आयात गर्ने मुलुक भारतमा महँगी नियन्त्रणमा आएसँगै नेपालको महँगीमा पनि कमी आउने एडीबीले बताएको छ । प्रतिवेदनमा कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि प्राप्त गरे पनि गत आवमा वृद्धिदर अपेक्षाभन्दा धेरै नै घटेको उल्लेख छ ।  नेपाली अर्थतन्त्रको प्रमुख स्रोत नै कृषि र पर्यटन भएका कारण यी क्षेत्रअन्तर्गत पूर्वाधार विस्तार गर्न आवश्यक रहेको एडीबीले बताएको छ । होटेल, रेस्टुराँ क्षेत्र यस वर्षमा थप चलायमान हुन सक्ने आकलन एडीबीको छ । प्रतिवेदनमा गत आव नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत रहेको औंल्याइएको छ । त्यस्तै गत आव भारतको आर्थिक वृद्धि ६ दशमलव ३ प्रतिशत रहेको र चालू वर्षमा ६ दशमलव ७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । दक्षिण एशियामा गत आव माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७ दशमलव १ प्रतिशत रहेको र चालू वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६ दशमलव ९ प्रतिशत रहने अनुमान छ । गतवर्ष ३ प्रतिशतले ऋणात्मक रहेको श्रीलंकाको आर्थिक वृद्धिदर पनि चालू वर्ष १ दशमलव ३ प्रतिशत रहने एडीबीको अनुमान छ ।

किन भएन आर्थिक समृद्धि ?

सात सालको परिवर्तनदेखि नै देशमा आर्थिक वृद्धि औसत २/३ प्रतिशत बढेको छैन । राजनीतिको खिचातानीमा कुनै देश पनि समृद्धितर्फ उन्मुख हुन सक्दैन । हालै एडीबी र वल्र्ड बैंकले नेपालको एकैथरी आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् र भनेका छन्— अझै दुई वर्ष देशले अर्थतन्त्र सुधार गर्न सक्दैन र यहाँको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने भनेर । […]

कोभिडपछिका वर्षमा पनि खस्किँदै छ आर्थिक वृद्धि

एसियाली विकास बैंक (एडीबी) ले नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको वृद्धिदर कम हुने एडीबीको प्रक्षेपणले देखिएको छ । एडीबीले बुधबार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुकमा गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा भने वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख छ […]

नेपालको जीडीपी ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं, २३ चैत । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । मंगलबार एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढेकाले अर्थतन्त्र सामान्यतर्फ फर्किएको बैंकले जनाएको छ । विकसित देशहरुमा अर्थतन्त्र सुस्त भएका कारण पर्यटन क्षेत्र सुधारमा […]

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म : एडीबी

एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो ।  पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटा...

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म : एडीबी

एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ । एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ । मुद्रास्फीति ५.१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ । कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्

एडीबीले स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने

एसियाली विकास बैक (एडीबी) ले एसिया र प्रशान्त क्षेत्रमा कार्बन उत्सर्जन कम गरी स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्न नयाँ नीति बनाएको छ ।विश्वमै उदाउँदो अर्थतन्त्र र बढ्दो औद्योगीकरणसँगै बढ्दो हरित ग्यास उत्सर्जनलाई घटाई स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्नका लागि एसिया र प्रशान्त क्षेत्रमा कम कार्बन उत्सर्जन गर्ने गरी एडीबीले ऊर्जा नीति बनाएको हो ।मस्यौदाका अनुसार, एसिया र […]

एडीबी भन्यो- कोरोना महामारीले भारतीय अर्थतन्त्र जोखिममा

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले कोरोनाका कारण भारतको अर्थतन्त्र जोखिममा पर्नसक्ने चेतावनी दिएको छ। एडीबीले भारतको अर्थतन्त्र ११ प्रतिशतले बढे पनि बढ्दो कोरोना संक्रमणका कारण आर्थिक सुधारमा जोखिम हुन सक्ने बताएको हो। कोरोनाले भारतजस्तो विशाल देशको समविकासको गतिमा गम्भीर असर पर्न सक्ने एडीबीले बुधबार जारी गरेको एसियाली विकास परिदृश्यमा उल्लेख छ। भारतको जीडीपी ७ प्रतिशतसम्म रहन सक्ने पनि परिदृश्यमा उल्लेख छ।