राष्ट्रियसभामा एसइईको नतिजा छानबिनदेखि राहदानी विभागकाे बिचौलियासम्मकाे चर्चा

काठमाडाैं : राष्ट्रियसभाकी बिहीबारको बैठकमा सांसदहरूले विभिन्न विषयका सवालहरू उठाएका छन्। उनीहरूले शून्य समयमा बोल्ने क्रममा एसइईको नतिजा छानबिन गर्नेदेखि राहदानी विभागको बिचौलियासम्मको विषय उठाएका हुन्।सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्  शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन्। उनले तोकिएको समयमा सम्पन्न नभइ म्याद थपिएको मिति समेत सकिन