३१ साउन, काठमाडौं । प्रतिनिधिसभामा काठमाडौंको फोहोरको विषयमा चर्चा भएको छ । मंगलबार संसदको शून्य समयमा बोल्दै सांसदहरुले फोहोर फाल्न काठमाडौं महानगरले स्थानीयबासीसँग गरेको सम्झौता कार्यान्वन नभएको र महानगरको मात्रै भर नपर्न सरकारलाई अनुरोध गरेका छन् । नुवाकोटका सांसद हितबहादुर तामाङले काठमाडौंको फोहोर मैलाको चर्चा मात्रै भएको तर समस्या समाधानतर्फ ध्यान नदिएको टिप्पणी गरेका छन् […]