बाढीले दशगजा कटान

बबई नदीमा आएको बाढीले गुलरियास्थित मस्जदियानजिक दशगजा क्षेत्र कटान गरेको छ । सशस्त्र सीमा बलका अनुसार आइतबारको बाढीले करिब ५ कठ्ठा दशगजा कटान गरेको अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

तीनतिर नदी, पछाडि दशगजा

बर्सेनि कटान बढाउँदै नदी आँगनसम्म पुग्न लागेको छ । दशगजासँगै जोडिएकाले पछाडि सर्ने ठाउँ छैन । बर्सेनि खेतीयोग्य जग्गा कटान गर्दै घरै छुन थाल्दा तनावमा छन् कृष्णनगर नगरपालिका–१२ भदुई गाउँका ६४ वर्षीय रामसागर चौधरी । ‘अब सर्ने ठाउँ छैन,’ उनले भने, ‘घरसँग सटेर पछाडि दशगजा छ । अगाडि नदी छ । बादल मडारिएर गड्याङगुडुङ हुनासाथ भगवान्को नाम जपेर बस्नु परेको छ ।’