न्युरोडमा सञ्चालनमा आयो महर्जन कम्प्लेक्स, युनेस्कोले गर्यो प्रशंसा

न्युरोडमा महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको बताएका छन् । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको ला

सम्बन्धित सामग्री

कहाँ हराए खोकनामा ताेरी पेल्ने पुराना मिल ?

गाबु ज्याः सामुदायिक मिल हजुरबुबाको परम्पारादेखि सञ्चालनमा रहेको यसका सञ्चालक कान्छा महर्जन बताउँछन् ।

अनुपम मलमा शुक्रबारबाट सञ्चालनमा आयो सिके सिनेमाज्

सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् आज(शुक्रबार)देखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गर्नुभयो । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ । अध्यक्ष केसी भन्नुभयो, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, …

न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शाखा

काठमाडौं (अस) । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ ।  फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो । करिब १० वर्षअघि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो । चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्क र नारायणगढको मिलन रोडमार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई लक्षित गरी न्यूरोडमा तेस्रो शाखा सञ्चालनमा ल्याइएको ज्वेलर्स अध्यक्ष अमीर सुनारले बताए ।

महर्जन कम्प्लेक्स सञ्चालनमा

काठमाडौंको न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै […]

युनेस्कोले प्रसंसा गरेको महर्जन कम्प्लेक्स न्युरोडमा सञ्चालन

काठमाडौं । न्युरोडमा सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । महर्जन बिजनेस एसोसिएटले निर्माण गरेका उक्त भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि सरेको थियो ।कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको जानकारी दिए । अहिले व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम […] The post युनेस्कोले प्रसंसा गरेको महर्जन कम्प्लेक्स न्युरोडमा सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

न्युरोडमा ‘महर्जन कम्प्लेक्स’ खुल्यो, युनेस्कोले गर्‍यो प्रशंसा

न्युज अफ नेपाल, काठमाडौं । न्युरोडमा सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । उक्त कम्प्लेक्स महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको हो । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना ढिलो भएको थियो । हाल कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका […]

काठमाडौँकै ब्यस्त ठाउँ न्युरोडको ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा

राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो ।प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ । कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । ‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ,’ महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ ।’व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको भनाइ छ । ‘काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो,’ महर्जनले भने, ‘महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।’लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भाग तथा विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर नजिकै रहेकाले उक्त कम्प्लेक्स रहेको क्षेत्र विश्वकै गन्तव्य भएको उनी दाबी गर्छन् । ‘त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना राख्नेलाई पनि हामीले सम्बोधन गरेका छौं,’ महर्जनले भने, ‘एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय हो ।’ कम्प्लेक्समा पाँच दर्जन कबल छन् ।महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । प्रवद्र्धकका अनुसार कम्प्लेक्सभित्र कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ जस्ता सुगन्धित फूलको बास्ना मगमगाउँछ ।कम्प्लेक्सको बीच भागमा प्रशस्त खुला ठाउँ छाडिएको छ । चारैतिर भवनले घेरिएको बीच भाग खालि देख्दा काठमाडौंको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । कम्प्लेक्स सम्पदामैत्री शैलीको छ । भवनको सुन्दरता र सुरक्षामा कुनै सम्झौता नगरिएको महर्जनको भनाइ छ । कम्प्लेक्सका प्रत्येक पिलर दुई बाई दुई फिटका छन् । दुई फिटको बिम प्रयोग गरिएको छ । भूकम्पीय सुरक्षाका दृष्टिले ज्यादै बलियो संरचना तयार गरेको उनको भनाइ छ ।व्यावसायिक सम्भावनाको हिसाबले सहरकै सबैभन्दा बढी मानिसको चहलपहल हुने क्षेत्रमा कम्प्लेक्स रहेकोले तीन वर्षमै लगानी उठ्ने महर्जन बताउँछन् । ‘न्युरोडको प्रोपर्टीको एस्केलेसन भ्यालु असाध्यै राम्रो छ,’ महर्जनले भने ।

दुई दशकपछि कीर्तिपुरमा हल खुल्दा कस्तो छ दर्शकको चाप ?

झण्डै दुई दशकपछि कीर्तिपुरमा हल सञ्चालनमा आयो । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र उनको टिमले करिब २० करोड रुपैयाँको लगानीमा ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालनमा ल्याएको हो । बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपालका अधिकांश हलमा दर्शक फर्काएको छ । कीर्तिपुर सिनेप्लेक्समा भने कति दर्शक आए त ? हल सञ्चालक नरेन्द्र महर्जन भन्छन्, ‘हामीले अपेक्षा गरेअनुसार नै दर्शक […]

नरसिंह जात्रा सञ्चालनमा कठिनाइ

सुनील महर्जन, ललितपुर । कोरोना जोखिमका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा सञ्चालन गरिएको छ । जात्रा सञ्चालन गर्ने गुठीले रकम अभावको समस्या निरन्तर भोग्दै आए पनि परम्परा धान्नैका लागि हरेक वर्ष यो जात्रा सञ्चालन हुँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा हरेक वर्ष […]