नरसिंह जात्रा सञ्चालनमा कठिनाइ

सुनील महर्जन, ललितपुर । कोरोना जोखिमका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी करिब ३ सय वर्ष पुरानो नरसिंह जात्रा सञ्चालन गरिएको छ । जात्रा सञ्चालन गर्ने गुठीले रकम अभावको समस्या निरन्तर भोग्दै आए पनि परम्परा धान्नैका लागि हरेक वर्ष यो जात्रा सञ्चालन हुँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेको नरसिंह जात्रा हरेक वर्ष […]

सम्बन्धित सामग्री

खड्गजात्रा सञ्चालनमा कठिनाइ

दिनप्रतिदिन आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका–२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रूपमा प्रत्येक वर्ष मनाइँदै आएको पाँच सय वर्षे खड्गजात्रा थेग्न गाह्रो हुँदै आएको छ । देशमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब छ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।