न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको शाखा

काठमाडौं (अस) । फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ ।  फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोडस्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो । करिब १० वर्षअघि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो । चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्क र नारायणगढको मिलन रोडमार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई लक्षित गरी न्यूरोडमा तेस्रो शाखा सञ्चालनमा ल्याइएको ज्वेलर्स अध्यक्ष अमीर सुनारले बताए ।