प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रको विवादको प्रतिबिम्ब सदनमा पनि देखिएको छ ।
एमालेका केही सांसदले सर्वोच्च अदालतको फैसलाको विरोध गर्न छाडेका छैनन् भने केहीले स्वागत गरिरहेका छन् ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य र विशेष समयमा पनि एमाले सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेशको सरकार’ भन्दै व्यंग्य गरे ।
शून्य समयमा सांसद दामोदर भण्डारीले सरकारलाई अन्तैको आदेश र परमादेशको सरकार भन्ने टिप्पणी गरे ।
‘अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट वर्तमान स...