काठमाडौं । नेपाली वाङ्मयमा ‘खोक्नु’ शब्द स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, कुनै कुरा बोलेर पूरा गर्न नसक्नुलाई पनि ‘खोक्नु’ भन्ने गरिन्छ । ओली सरकारले जनतालाई समयमै खोपको उपलब्ध गराउन दिएको वचन यस्तै ‘खोकाइ’ मा परिणत भएको छ । खोपको प्रबन्ध गरिनेछ भनेर सरकार खोकेको खोक्यै छ । तर, अहिलेसम्म पहिलो डोज पाएकाले दोस्रो डोज लगाउने म्यादसमेत गुज्रिसकेको अवस्था छ । कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहे पनि सरकार खोप खरीदमा पूरै असफल सावित भएको छ ।गत वर्षको माघ १४