काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सरकारका जाने विषयमा मतभेद देखिएको छ । प्रतिनिधिसभा विघटनपछि देउवा निर्वाचन र पौडेल पुनःस्थापनाको नीति लिएर दुई ध्रुवमा विभाजित भएका थिए ।फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि देउवा र पौडेलबीच फेरि नयाँ सरकार निर्माणका सन्दर्भमा फरक मत प्रकट भएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार चितवनमा आयोजित कार्यक्रममा नयाँ सरकार गठनबार