काठमाडौं : स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ।निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए।आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दि