माधव नेपालले आफ्नो पक्षको भेला बोलाए

काठमाडौं। नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरुको भेला बोलाएका छन्। आज दिउँसो १ बजेका लागि बैठक बस्न लागिएको हो। यसअघि बिहीबार र शुक्रबार दुई दिनसम्म भर्चुअल रुपमा बैठक बसेको थियो। पूर्व केन्द्रीय सदस्यहरुले छुट्टै पार्टी खोल्ने कि के गर्ने भन्नेबारे फरक–फरक सुझाव दिएका थिए। माधव पक्षभित्र तत्कालै पार्टी खोल्न नहुने आवाज उठ्दै आएको छ।

सम्बन्धित सामग्री

नेपालको संघीयतामा परिमार्जन आवश्यक छ : वामदेव

माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त नबनाएसम्म सो पार्टीमा जान नसक्ने बताएका गौतमले नेपालको संघीयतामा आवश्यक परिमार्जन पर्ने बताएका छन् । नेकपा एमाले परित्याग गर्ने घोषणा गरेका नेता वामदेव गौतमले विहीबार माधव नेपालसँग भएको पछिल्लो भेटमा एकीकृत समाजवादी पार्टीमा प्रवेशका लागि जबज आफ्नो एकमात्र शर्त रहेको बताएका थिए । एमाले उपाध्यक्ष रहेका गौतमले शुरुमा माधव नेपालले विद्रोह गरेर अर्को पार्टी बनाएमा सघाउने वचन दिएका थिए । नेपाल पक्षको समानान्तर गतिविधिप्रत

एमाले पंक्तिमा नयाँ आशा : के हो विवाद मिलाउने १० बुँदेको जग ?

फुटको संघारमा पुगेको नेकपा एमालेको विवाद अहिले केही मत्थर जस्तो देखिएको छ । माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आत्मसात् गर्ने र त्यसैको जगमा पार्टी विवाद मिलाउन प्रयास गर्ने निर्णय गरेपछि एमाले पंक्तिमा पार्टी एकजुट रहने आशाको सञ्चार भएको देखिएको छ ।  यसअघि पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्दै आएका थिए ।  साउन २१ र २२ गते बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आत्मसात् गर्दै पार्टी ...

नेपाल समूहको बैठकमा १० बुँदे सहमतिबारे भीम रावलको ब्रिफिङ

नेकपा एमाले माधव नेपाल पक्षको बैठकमा भीम रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्। उनले बैठकमा माधव नेपालले आफ्नो धारणा राखे लगत्तै कार्यदलले गरेको १० बुँदे सहमतिबारे बोलेका थिए। उनले कार्यदलले...

माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजान केपी ओली पक्षको अपिल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार...

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक भोलि, आगामी रणनीतिबारे छलफल हुने

नेकपा एमालेको आन्तरिक विवाद मिल्न लागेको बेला वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।  साउन २० गते बिहान ११ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  एमालेको पार्टी विवाद समाधानको प्रयास र आगामी रणनीतिका बारेमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।  एमालेमा नेपाल समूहले संस्थापन पक्षसँग समानान्तर रुपमा पार्टी गतिविधि गरिरहेको छ ।  माधव नेपालले साउन १८ मा आफ...

गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्ताव

ओली पक्षको युथफोर्सलाई काउन्टरः माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’

काठमाडौं। नेकपा एमालेमा केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै माधव नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ। नेपाल पक्षनिकट युवासंघ नेपालले बिहीबार भक्तपुर सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेर ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन्। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र इन्चार्जमा सञ्जीव राई छन्।

माधव नेपालले बोलाए आफूपक्षीय स्थायी समिति बैठक

नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति बैठक बोलाइएको छ । पार्टीभित्र तीव्र अन्तरविरोध भइरहेको बेला नेपाल पक्षले बिहीबारका लागि बैठक बोलाएको हो ।  नेपाल पक्षका एक नेताले पार्टीभित्रको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताए । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।