नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति बैठक बोलाइएको छ । पार्टीभित्र तीव्र अन्तरविरोध भइरहेको बेला नेपाल पक्षले बिहीबारका लागि बैठक बोलाएको हो ।
नेपाल पक्षका एक नेताले पार्टीभित्रको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताए । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।