माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक भोलि, आगामी रणनीतिबारे छलफल हुने

नेकपा एमालेको आन्तरिक विवाद मिल्न लागेको बेला वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।  साउन २० गते बिहान ११ बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।  एमालेको पार्टी विवाद समाधानको प्रयास र आगामी रणनीतिका बारेमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ ।  एमालेमा नेपाल समूहले संस्थापन पक्षसँग समानान्तर रुपमा पार्टी गतिविधि गरिरहेको छ ।  माधव नेपालले साउन १८ मा आफ...

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक  सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ ।जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष ओली जिम्मेवार रहेको बताएका छन् ।सो पार्टीले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ । उक

माधवबिनाको एमाले केन्द्रीय समिति बैठक सुरु

नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन । यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।  एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन प्रस्ताव ल्याएको हो ।केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि प

एमाले केन्द्रीय समिति बैठक स्थगित

नेकपा एमालेको आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी एकतालगायतका विषयमा आन्तरिक गृहकार्य गर्न थप समय चाहिएकाले बैठक स्थगित गरिएको बताइएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबारको सट्टा केन्द्रीय कमिटी बैठक साउन २५ गते दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने तय गरिएको बताए । त्यसअघि सोही दिन स्थायी कमिटी बैठक पनि बस्नेछ । केपी ओलीले बोलाएको सो बैठकमा माधव नेपाल पक्ष सहभागी हुने नहुने निश्चित भइसकेको छैन । पार्टीभित्र विवादका कारण नेपाल समूहले ओलीले बोलाएको बैठक ब...

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान साढे ११ बजेपछि सुरु हुने नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत छ । हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

माधव पक्षको बैठक सकियो, यी विषयमा भयो छलफल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठक सकिएको छ ।

केन्द्रीय समिति बैठकअघि माधव पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका ला

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज, ओली पक्षको घोर आपत्ति

काठमाडौं, साउन २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ। यसअघि बुधबारका लागि बोलाएको केन्द्रीय सदस्यको बैठक आजलाई सारिएको थियो । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीति, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्ने तयारी गरेको छ । नेकपा एमालेमा जारी विवाद मिलाउने प्रयास भइरहेका बेला नेपाल पक्षले आफू […]

एमाले केन्द्रीय समिति बैठक आज, माधव नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बोलाइएको बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। यो बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ। अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय समितिलाई दशौं महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो।