फुटको संघारमा पुगेको नेकपा एमालेको विवाद अहिले केही मत्थर जस्तो देखिएको छ । माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आत्मसात् गर्ने र त्यसैको जगमा पार्टी विवाद मिलाउन प्रयास गर्ने निर्णय गरेपछि एमाले पंक्तिमा पार्टी एकजुट रहने आशाको सञ्चार भएको देखिएको छ ।
यसअघि पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई माधव नेपालले अस्वीकार गर्दै आएका थिए ।
साउन २१ र २२ गते बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई आत्मसात् गर्दै पार्टी ...