माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त नबनाएसम्म सो पार्टीमा जान नसक्ने बताएका गौतमले नेपालको संघीयतामा आवश्यक परिमार्जन पर्ने बताएका छन् । नेकपा एमाले परित्याग गर्ने घोषणा गरेका नेता वामदेव गौतमले विहीबार माधव नेपालसँग भएको पछिल्लो भेटमा एकीकृत समाजवादी पार्टीमा प्रवेशका लागि जबज आफ्नो एकमात्र शर्त रहेको बताएका थिए । एमाले उपाध्यक्ष रहेका गौतमले शुरुमा माधव नेपालले विद्रोह गरेर अर्को पार्टी बनाएमा सघाउने वचन दिएका थिए । नेपाल पक्षको समानान्तर गतिविधिप्रत