सूर्यमुखीको व्यावसायिक खेती

चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ ।

सम्बन्धित सामग्री

गोरखाको बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ ।  स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा […]

तनहुँमा अंगुरको व्यावसायिक खेती

तनहुँको घिरिङ गाउँपालिका–४, बाह्रबिसेमा अंगुरको व्यावसायिक खेती सुरु गरिएको छ । करिब सत्तरी रोपनी क्षेत्रफलमा विभिन्न जातका अंगुरका बिरुवा ल्याएर खेती गरिएको हो । ०७८ मा घिरिङ भाइन यार्ड एन्ड एग्रो रिसर्च सेन्टर...

घरको छतमा ड्रागन फलको व्यावसायिक खेती

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । ‘तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना […]

म्याग्दीमा बाँसको व्यावसायिक खेती

म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यक पर्ने बाँस नेपाली समाजको अभिन्न अंगजस्तै बनेको छ ।जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रूपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, […]

म्याग्दीमा बाँसको व्यावसायिक खेती

काठमाडौँ,२९ साउन । म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, […]

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।

एमालेको घोषणापत्र : व्यावसायिक खेती गर्न चाहनेलाई जमिन उपलब्ध गराउने

काठमाडौं । नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार एमालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाइएको हो । ‘भूउपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने । कृषियोग्य जमिनको जथाभावी प्रयोगलाई नियन्त्रण गर्ने,’ घोषणापत्रमा भनिएको छ, ‘व्यावसायिक खेती […]

भोजपुरमा सतुवाको व्यावसायिक खेती शुरू

भोजपुर (अस) । बहुमूल्य जडीबुटी सतुवाको व्यावसायिक खेती भोजपुरमा शुरू गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको माथिल्लो क्षेत्रमा यसको व्यावसायिक खेती शुरू गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिको रूपमा प्रयोग गरिँदै आएको छ । विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीलाई सतुवा खुवाइने गरिन्छ । १ हजार ८०० देखि ३ हजार मिटरसम्मको उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका कृषक तथा व्यवसायी संगम राईले बताए । यसको मूल्य प्रतिकेजी रू. १२ हजारसम्म विक्री हुने गरेको कृषकहरूको भनाइ छ । जिल्लाका तिम्मा, खम्वुखा, मझौले, तीनतले, किमालुङ सुन्तलेका ३० भन्दा बढी कृषकले यसको व्यावसायिक खेती शुरू गरेको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । सतुवाको एक बिरुवाको मूल्य २० देखि १५० रुपैयाँसम्म पर्ने कृषकहरू बताउँछन् । अहिले अधिकांश कृषकले बिरुवा तयार गरेका छन् । विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरू यसको खेतीतर्फ आकर्षित बनेका छन् ।   सतुवा कृषक मानबहादुर राईका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । ‘मेरो नर्सरीमा अहिले ७ हजाभन्दा बढी बिरुवा छन्,’ उनले भने, ‘यस वर्ष एक केजी जति बीउ उत्पादन हुन्छ । यसको नर्सरी गर्दा दुई हजार केजीभन्दा बढी उत्पादन हुन्छ, जसबाट एक वर्षमा १६÷१७ लाख आम्दानी हुन्छ ।’ डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान वितरण गरिएको वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।

भोजपुरमा एभोकाडोको व्यावसायिक खेती शुरू

भोजपुर (अस) । भोजपुरमा एभोकाडोको व्यावसायिक खेती शुरू गरिएको छ । जिल्लाको अरुण गाउँपालिका–६ जरायोटारका प्रमेकुमार राईले विगत ५ वर्षदेखि भोजपुुरमा एभोकाडोको व्यावसायिक खेती शुरू गरेका छन् । छिमेकी जिल्ला धनकुटाकाबाट ५० ओटा बिरुवा ल्याएर व्यवसाय शुरू गरेका राईले अहिलेसम्म ३०० बिरुवा पुर्‍याइसकेका छन् । एभोकाडो फलका बारेमा जानकारी पाएपछि आफूले व्यवसाय शुरू गरेको उनले बताए । ‘नेपालमा भन्दा विदेशमा एभोकाडोको राम्रो विक्री वितरण हुने गर्दछ,’ राईले भने, ‘तर पछिल्लो समय नेपालमा विदेशीहरू आउने क्रम बढेकाले नेपालमा समेत विक्री हुने गरेको छ ।’ कम मेहनतमै लामो समयसम्म राम्रो आम्दानी लिन सकिने भएपछि आफू  एभोकाडो खेतीमा लागेको उनको भनाइ छ । राईले अरुण गाउँपालिका–६ जरायोटारमा करीब ३०० रोपनी क्षेत्रफलमा एभोकाडोको व्यावसायिक खेती शुरू गरेका हुन् । करीब ५ वर्ष विदेश बसेर आएका उनले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिक खेती शुरू गरेका हुन् । उनको फार्ममा अहिले १ हजार ६०० भन्दा बढी एभोकाडोको बिरुवा छन् । नेपालमा एभोकाडो ३०० देखि ५०० प्रति केजीसम्म पर्ने गरेको राईको भनाइ छ । अबको केही वर्षदेखि वार्षिक रूपमा ५० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईले बताए । कृषि ज्ञान केन्द्र तथा स्थानीय तहहरूले कृषकहरूलाई एभोकाडोका बिरुवा वितरणसँगै आर्थिक तथा प्राविधिक सहयोग समेत गर्दै आएको छ ।

पर्वतमा सतुवाको व्यावसायिक खेती सुरू

बहुमूल्य जडिबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरू गरिएको छ ।जिल्लाको जलजला गाउँपालिका–६ शालिजा र ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा सतुवाको खेती थालिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग हुँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, वान्ता वा पखाला लागेका […]