भोजपुरमा सतुवाको व्यावसायिक खेती शुरू

भोजपुर (अस) । बहुमूल्य जडीबुटी सतुवाको व्यावसायिक खेती भोजपुरमा शुरू गरिएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको माथिल्लो क्षेत्रमा यसको व्यावसायिक खेती शुरू गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिको रूपमा प्रयोग गरिँदै आएको छ । विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीलाई सतुवा खुवाइने गरिन्छ । १ हजार ८०० देखि ३ हजार मिटरसम्मको उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका कृषक तथा व्यवसायी संगम राईले बताए । यसको मूल्य प्रतिकेजी रू. १२ हजारसम्म विक्री हुने गरेको कृषकहरूको भनाइ छ । जिल्लाका तिम्मा, खम्वुखा, मझौले, तीनतले, किमालुङ सुन्तलेका ३० भन्दा बढी कृषकले यसको व्यावसायिक खेती शुरू गरेको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । सतुवाको एक बिरुवाको मूल्य २० देखि १५० रुपैयाँसम्म पर्ने कृषकहरू बताउँछन् । अहिले अधिकांश कृषकले बिरुवा तयार गरेका छन् । विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरू यसको खेतीतर्फ आकर्षित बनेका छन् ।   सतुवा कृषक मानबहादुर राईका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । ‘मेरो नर्सरीमा अहिले ७ हजाभन्दा बढी बिरुवा छन्,’ उनले भने, ‘यस वर्ष एक केजी जति बीउ उत्पादन हुन्छ । यसको नर्सरी गर्दा दुई हजार केजीभन्दा बढी उत्पादन हुन्छ, जसबाट एक वर्षमा १६÷१७ लाख आम्दानी हुन्छ ।’ डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान वितरण गरिएको वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।

सम्बन्धित सामग्री

भोजपुरमा सतुवाको व्यावसायिक खेती शुरु

भदौ २६, भोजपुर । भोजपुरमा बहुमूल्य जडीबुटीको रुपमा चिनिने सतुवाको व्यावसायिक खेती शुरु गरिएको छ ।  जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको माथिल्लो क्षेत्रमा यसको व्यावसायिक खेती शुरु गरिएको हो । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ ।  विशेषगरी पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामीलाई सतुवा खुवाईने जानकारहरु बताउँछन् । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको  टेम्केमैयुङ गाउँपालिका १ तिम्माका कृषक तथा व्यवसायी संगम राईले बताए ।  यसको मूल्य प्रतिकेजी रू. १२ हजारसम्म विक्री हुने गरेको कृषकहरुको भनाइ छ । महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले जिल्लाको तिम्मा, खम्वुखा, मझौले, तीनतले, किमालुङ सुन्तलेका करीब ३० भन्दा बढी कृषकले यसको व्यावसायिक खेती शुरु गरेको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । सतुवाको एक विरुवाको मूल्य २० देखि १५० रुपैयाँसम्म पर्ने कृषकहरुको भनाइ छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् । विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेका छन् ।   सतुवाका कृषक मान बहादुर राईका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । राईले भने ‘मेरो नर्षरीमा अहिले ७ हजाभन्दा बढी विरुवा छन् यस वर्ष एक केजी जती बीउ उत्पादन हुन्छ यसको नर्षरी गर्दा दुई हजार बडी उत्पदान हुन्छ यसबाट एक वर्षमा १६/१७ लाख आम्दानी हुन्छ ।’  डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान वितरण गरिएको वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए  ।

पर्वतमा सतुवाको व्यावसायिक खेती सुरू

बहुमूल्य जडिबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती सुरू गरिएको छ ।जिल्लाको जलजला गाउँपालिका–६ शालिजा र ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा सतुवाको खेती थालिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग हुँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, वान्ता वा पखाला लागेका […]

पर्वतमा पहिलोपटक सतुवाको व्यावसायिक खेती शुरु

असार ८, पर्वत । बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र  वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत र चीन निकासी हुँदै आएको छ । महत्वपूर्ण जडीबुटीको रुपमा चिनिने सतुवाबाट प्रशस्त आम्दानी गर्ने उद्देश्यले यहाँका झण्डै ५० भन्दा बढी कृषकले व्यावसायिक खेती शुरु गरेका हुन् । बस्तीभन्दा माथि रहेको हम्पालको जंगलबाट बिरुवा खोजेर तथा केहीले अन्यत्रबाट बिऊ किनेर खेती शुरु गरेको जलजला गाउँपालिका—९ का अध्यक्ष गौबहादुर पुनले बताए । त्यसैगरी जलजलाका एक दर्जनभन्दा बढी कृषकले यसको व्यावसायिक खेती गरेको डिभिजन वन कार्यालय पर्वतले जानकारी दिएको छ । कार्यालयका अनुसार पर्वतमा झण्डै १५ रोपनी क्षेत्रफलमा यसको खेती शुरु गरिएको छ । अहिले अधिकांश कृषकले विरुवा तयार गरेको बताएका छन् ।  विक्रीको समस्या नहुने र पर्याप्त मूल्य समेत पाइने भएपछि कृषकहरु यस खेतीतर्फ आकर्षित बनेको सतुवाका कृषक प्रेम पुर्जाले बताए । उनका अनुसार तीन वर्षपछि मात्र यसबाट उत्पादन लिन सकिन्छ । पहिलोपटक खेती शुरु गरेकाले यति नै उत्पादन हुन्छ भन्न नसकिने कृषकहरुको भनाइ छ । यस वर्षको उत्पादनको परिमाण हेरेर आगामी वर्षदेखि खेती विस्तार गर्ने योजनामा कृषकहरु रहेका छन् । डिभिजन वन कार्यालयले सतुवा खेतीमा यस वर्ष अनुदान समेत दिएको छ । कृषकहरुले गरेको सतुवा खेतीको क्षेत्रफल र उत्पादनको आधारमा रू. चार लाख अनुदान वितरण गरिएको वन अधिकृत मेघराज पौडेलले जानकारी दिए । उनका अनुसार यो अनुदान हरेक वर्ष विस्तार गर्दै जाने योजना रहेको छ ।  उत्तरी पर्वतका शालिजा, लेखफाँट, वाँसखर्क, बनौ, मोदीगाउँपालिकाको भुकताङ्ले, क्याङ, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर, विहादी गाउँपालिकाको उराम, महाशिलाको लुङ्खुदेउराली, फलामखानी, भोक्सिङ, बालाकोट, गोल्र्याङधामलगायतका क्षेत्रमा यसको सफल खेती गर्न सकिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।  अहिले बजारमा सतुवा प्रतिकिलो हरियोलाई रू. छ हजारदेखि सुकेको १५  हजारसम्ममा विक्री गर्न सकिने कृषक टकमाया फगामीले बताए । रासस

टिमुर र सतुवाको बिरुवाबाट वार्षिक २० लाख आम्दानी

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका कृषक सागर बानियाँले टिमुर र सतुवाका बिरुवा र फल बिक्री गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

सतुवाको व्यावसायिक खेती सुरु

म्याग्दीको मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा जिल्लामै पहिलो पटक सतुवा जडिबुटीको व्यावसायिक खेती सुरु भएको छ । परीक्षणका लागि यस वर्ष मंगला गाउँपालिकाको विभिन्न १० ठाउँमा सतुवा खेती गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए ।