बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।

सम्बन्धित सामग्री

पर्वतमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू

पर्वत । पर्वतमा पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–९ का कृषक डिल्लीप्रसाद लामिछानेले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेतीको शुरू गरेका हुन् । लामिछानेले ड्रागन फ्रुटका १२ सय बिरुवा रोपेका छन् । पर्वतमा धेरैका लागि ड्रागन फ्रुट नौलो फल मानिन्छ । केही समयपछि बिरुवा थप गर्ने लामिछानेले बताए । ‘हामीसँग १३ रोपनी जग्गा छ, २०० पिलर थपेर ८०० बिरुवा लगाउने योजना छ,’ उनले भने, ‘अरू बाँकी जमीनमा घाँस र केराखेती गर्नेछौं ।’ लामिछाने कटुवाचौपारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत हुन् । ड्रागन फ्रुटको खेतीसँगै उनले पशुपालन समेत गर्दै आएका छन् । बिहान उठेर दूध लिएर सदरमुकाम कुश्मा धाउने र फर्केर बचेको समय ड्रागन फ्रुटको स्याहारमा लाग्ने उनको दिनचर्या बनेको छ । आर्थिक स्थिति सुधार गर्न जागीरले मात्र सम्भव नहुने भएरै ड्रागन फ्रुटको खेती गर्न लागेको उनले बताए । फल उत्पादन भएपछि पर्वतमा विक्री गर्न चुनौती भए पनि अन्य शहरबजारमा सहजै विक्री गर्न सकिने विश्वास उनको छ । पर्याप्त घाम लाग्ने र समुद्री सतहबाट १५ सय मिटर उचाइका ठाउँमा यस फलको खेती गर्न सकिन्छ । पानी नजम्ने ठाउँ यसका लागि उपयुक्त हुने कृषिविज्ञ बताउँछन् । रोपेको २ वर्षपछि ड्रागन फल उत्पादन हुन्छ । यसको फल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । पछिल्लो समय यस फललाई गमला, छत र करेसाबारीमा समेत खेती गर्न थालिएको छ ।

इलाममा ड्रागन फ्रुट खेतीमा आकर्षण

इलाम : डा. जगन्नाथ राईले १८  वर्षअघि नेपाल भित्र्याएको ड्रागन फ्रुट अहिले धेरै नेपालीले खेती गर्न थालेका छन्। सेतो र रातो जातको यो फलबारे शुरु-शुरुमा विदेश यात्रामा जाने नेपालीलाई मात्रै थाहा हुने गरे पनि अहिले इलामका किसानले पनि आफ्नो व्यवसाय बनाएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यमका कारण सहजै किसानले जानकारी पाएपछि इलाममा पनि ड्रागन फलको व्यावसायिक खेती शुरु भएको छ। ड्रागन फल खेतीका लागि उष्ण र उपोष्ण क्षेत्र उत्तम मानिन्छ। समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाइसम्म खेती हुने ड्रागन फल दक्षिणी इलामको च...

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

आम्दानीको राम्रो स्रोत ‘ड्रागन फ्रुट’

नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ लगायतका स्थानमा यसको व्यावसायिक खेती प्रारम्भ गरिएको छ । असार महिना किसानहरू धान रोपाइँमा व्यस्त देखिन्छन् तर कावासोती–१७ गोछडा निवासी नवराज सुवेदीलाई ड्रागन फ्रुट खेतीको रेखदेख गर्न भ्याइनभ्याइ छ । बोम अर्गानिक कृषि फर्मका सञ्चालक सुवेदीको दैनिकी ड्रागन फ्रुट’ खेतबारीमा बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै उहाँ ड्रागन फ्रुट’ खेती भएको ठाउँमा पुग्नुहुन्छ ।

धान खेती छाडेर ड्रागन फ्रुट

मोरङको सुनवर्षी–१, केचनाका गणेश तुर्छा राई धानखेती छोडेर ड्रागन फ्रुट खेतीतर्फ लाग्नुभएको छ । प्रतिबिघा मुस्किलले ६० मन धान फल्ने तीन बिघा खेतमा उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गर्नुभएको हो । सुरुमा परीक्षणका रूपमा १०–१५ वटा बिरुवा लगाएर खेती सुरु गर्नुभएका राईले ती बिरुवाले अपेक्षाभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गर्नुभएको हो । डाँस खोलाको किनारमा रहेको तुर्छाको तीन बिघा खेतमा अहिले ड्रागन फ्रुटका १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् । गत वर्षको वैशाखमा बिरुवा लगाउनुभएका तुर्छा राईले भन्नुभयो, “भारतको हैदरावादबाट बिरुवा ल्याएर लगाएको हुँ । ११ महिना भयो, जेठदेखि उत्पादन दिन थाल्छ । ”

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

बागलुङ । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापा अहिले गाउँ फर्केर व्यावसायिक रूपमा ड्रागन फ्रुट खेतीमा लागेका छन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गरेका छन् । उनले २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित छन् । बिरुवा रहरलाग्दो गरी हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जा मिलेको छ ।      विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने हुँदा गाउँ आएर यो खेती सुरु गरेको थापा बताउँछन् । सुरुमा चितवनबाट १ हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रूपमा कृषि गर्न सके विदेश जान नपर्ने अनुभव उनले सुनाए । ‘सुरुमा लहलैमा लागेर विदेश गएँ । विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने राम्रो कमाइ गर्न सकिन्छ’,  थापाले भने, ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रहेछ । अहिले बल्ल चेत आयो । अब यही व्यवसायी बन्ने लक्ष्य छ ।’      थापाले विदेश जानुअगाडि तीन वर्ष शिक्षण पेसा गरेका थिए भने सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ । तर, यही गर्छु भन्ने मनमा थिएन । नेपालमा केही नौलो गर्न मन लाग्यो । युट्युबमा हेरेँ । अहिलेसम्म नेपालमा सोचेजति ड्रागनको व्यावसायिक खेती भएको छैन । यो फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती सुरु गरेको हुँ’, थापा खुसी सुनिन्छन् ।     थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेका छन् । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी बिरुवाले फल दिन सुरु गर्ने उनी बताउँछन् । थापाले बिरुवा लगाउने समय माटोको परीक्षण गर्छन् । यो खेती १ हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ । यसको उत्पादन भएपछि बजार अभाव नहुनेमा ढुक्क छन्, थापा । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० रुपैयाँ पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मिहिनेत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापाले जानकारी दिए । उनले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोच पालेका छन् । रासस

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लाग्नुभएको छ । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गर्नुभएको छ । उहाँले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोप्नुभएको छ । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित हुनुभएको छ । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उहाँलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू

पर्वतमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ का एक कृषकले जिल्लामै पहिलो पटक यसको खेती सुरू गरेका हुन् ।सदरमुकाम कुश्माबजार नजिकै रहेको कुस्मा–ज्ञादी अग्लो झोलुङ्गे पुलदेखि २ मिनेटको दूरीमा स्थानीय कृषक डिल्लीप्रसाद लामिछानेले व्यावसायिक रुपमा ‘ड्रागन फ्रुट’ खेतीको सुरुवात गरेका हुन् ।लामिछानले पहिलो पटक तीन सय वटा पिलरमा […]

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'

डा. सूर्यप्रसाद पाण्डे अचम्मको 'ड्रागन फ्रुट' को व्यावसायिक खेती नेपालमा सम्भव छ र यसको खेती यसरी गर्नुपर्छ भनेर विज्ञान,