एजेन्सी।अफगानिस्तानको हेलमण्ड प्रान्तमा तालिबान र सुरक्षा फौजबीचको लडाई तीव्र बनेको छ।तालिबान राजधानी लश्कर गाहमा प्रवेश गरेर सरकारी रेडियो र टेलिभिजन कब्जा गरी २० वर्षपछि आफ्नो प्रशारण सुरु गरेका छन्।गभर्नर हाउस र सहरका अन्य संवेदनशील इलाकामा सेना र तालिबानबीच भिडन्त जारी छ।लश्कर गाहमा सेनाले भीषण बमबारी गरेको छ।तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले सेनाले भारतले दिएको लडाकू विमानबाट अस्पतालमा हमला गरेको जनाएका छन्।