ग्रामीण भेगमा विपन्न र सीमान्तकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै आयआर्जन वृद्धि गर्ने मुख्य उद्देश्यबाट लघुवित्त वित्तीय संस्था विचलित हुँदा उनीहरूविरुद्ध चर्का स्वर उठ्न थालेका छन् । चुनावका मुखमा राजनीतिक दल र तिनका नेता–कार्यकर्ता जिल्ला र गाउँतिर केन्द्रित भइरहँदा लघुवित्त पीडित भने विभिन्न मागसहित ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का नाममा काठमाडौंमा जम्मा भएर प्रदर्शन गर्न थालेका छन् ।