बुधबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम १०४ अंक माथिको सुधार भएको छ । गत आइतबार एकैदिन १०४ अंकले घटेर २६ सय ९८ विन्दुमा झरेको नेप्से परिसूचक यसको ठीक चार दिनपछि अर्थात् बुधबार सोही दरमा १०४ अंकले नै वृद्धि हुँदै २८ सय १६ विन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार परिसूचक नेप्से अधिकतम १०४.८८ अंकले बढेर २८ सय १६.९५ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८७ प्रतिशतको वृद्धि हो । गत मंगलबार परिसूचक १३.८३ अंकले बढेर २७ सय १२.०७ विन्दुमा रोकिएको थियो । नेप्से