४० अंक बढेर २५६८.२५ विन्दुमा नेप्से, २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री

चैत १६, काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४० दशलमव ६८ अंक बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ ।  यो दिन कारोबारमा आएका २३२ धितोपत्रको ४५ लाख २ हजार ५११ कित्ता शेयरको ३६ हजार ११ पटकमा रू. २ अर्ब २५ करोड बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि र  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।   यो दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११३ दशमलव ५०,नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको रू. १ हजार १९९ दशमलव ६० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. ९५९ दशलमव ८० पुगेको छ । त्यसैगरी बुधवार ९.५ ∞एनसीसी डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य २ प्रतिशत घटेर रू. ९२१ दशमलव २० कायम भएको छ ।  त्यसैगरी दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशलमव ९५ प्रतिशत घटेर रू. १९ हजार २ कायम भएको हो ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री सिद्धार्थ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको रू. ११ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २५ कायम भएको छ । यस कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते बुक क्लोज गरेको थियो । आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा हुने जानकारी दिएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको संस्थापकतर्फको रू. १० करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । बैंकिङ समूहको परिसूचक शून्य दशलमव २३ प्रतिशत, व्यापार समूहको शून्य दशलमव ३८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ५१ प्रतिशत,विकास बैंक समूहको ३ दशलमव ३२ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै वित्त समूहको ३ दशलमव २९ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ५८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४९ प्रतिशत,अन्य समूहको ४ दशमलव १२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४३ प्रतिशत,जीबन बीमा समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ३ प्रतिशत र लगानी समूहको परिसूचक २ दशलमव ७६ प्रतिशतका दरले वृद्धि भएको हो । बुधवार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।  केही महीनादेखि अधिकांश बुधवार घटेको बजार यसपालिको बुधवार भने बढेर बन्द भएको छ । अव विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुनेछ । वैशाख महीना लागेसँगै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि खरीदकर्ता आकर्षित हुने देखिन्छ । त्यसोत यो बीचमा बजार धेरै घटिसकेको छ  । घटेको बजारमा खरीदकर्ता हवी भएकाले पनि बुधवार बजार बढेको देखिन्छ ।   

सम्बन्धित सामग्री

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

काठमाण्डौ – विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् । संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक ...

श्रीलंकालाई विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त

श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ। श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिंघेले मंगलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन्। कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिंघेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन्। सो रकममध्ये […]

२५ करोड पुँजीगत खर्च

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा पुँजीगततर्फ २५ करोड रुपैँया भन्दा बढी बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को साउनदेखि हालसम्म २५ करोड ३४ लाख ९३ हजार पुँजीगततर्फ खर्च गरेको हो । त्यस्तै चालुतर्फ ५७ करोड ८६ लाख २७ हजार खर्च भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिएका छन् । नगरपालिकाको अनुमानित […]

एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

काठमाडौँ,२२ मँसिर । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र […]

विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि प्राधिकरणले छुट्यायो २५ करोड

मोरङ – नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ। विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलका अनुसार प्राधिकरणको बहुवर्षीय योजनाअनुसार यसपटक २५ करोड ७६ लाख रुपैयाँ टर्मिनल भवन निर्माणका छुट्याइएको हो। प्रमुख खरेलले १५ हजार स्क्वायर मिटर क्षेत्रफलको अत्याधुनिक टर्मिनल भवन हाल रहेको गोलघर आसपास निर्माण हुनेछ। टर्मिनल भवनको निर्माण कार्य […]

गोदावरी नगरपालिकाको बजेट १ अर्ब २५ करोड

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक बर्ष २०७९/८० को बजे प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले एक अर्ब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ ।

शिक्षा क्षेत्रमा राउन्ड टेबलको रु. २५ करोड भन्दा बढी लगानी

काठमाडौं । राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा २५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । राउन्ड टेबलले जारी गरेको प्रेश विज्ञप्ति अनुसार कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको उल्लेख छ । अहिलेसम्म ३७३ कोठासहित ४० वटा शौचालय, ५८ वटा विद्यालय र अनाथालय निर्माण गरिसकेको विज्ञप्तिमा […]

सुदूरपश्चिम प्रदेशले विपद् व्यवस्थापनका लागि २५ करोड उपलब्ध गराउने

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।...

जैविकमार्ग कालोपत्रे गर्न २५ करोड बजेट विनियोजन

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उत्तरी क्षेत्रमा निर्माण भएको जैविकमार्ग कालोपत्रेका लागि २५ करोड विनियोजन भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमअन्तर्गत जैविकमार्ग कालोपत्रेका लागि २५ करोड बजेट विनियोजन भएको हो ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार जैविकमार्गको तिलकपुर क्षेत्रदेखि पश्चिम कामीकाटे खोलासम्मको सडकखण्डमा कालोपत्रेसहित सडक निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ । कार्यालयका […]

लुम्बिनी प्रादेशिक अस्पताललाई २५ करोड

काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष लुम्बिनी प्रादेशिक अस्पताल निर्माण गर्न २५ करोड बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी (थारु)ले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको उनले जनाए।