दुई कम्पनीलाई ३० हजार टन चिनी ल्याउन अनुमति

सरकारले दुई कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्नका लागि अनुमति दिएको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियतदरमा चिनी उपलव्ध गराउनका लागि दुई वटा कम्पनीलाई आयात गर्ने अनुमति दिएको हो । चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने हुँदा मूल्य बढ्ने र कालोबजारी हुने गर्दछ ।

सम्बन्धित सामग्री

म्यान्मामा बन्धक बनाइएका अनुवादक ८ लाख तिरेर नेपाल फर्किए

काठमाडौँ : चिनियाँ कम्पनीमा अंग्रेजी अनुवादकको काम गर्न विदेश पुगेका एक व्यक्तिलाई कम्पनीले बन्धक बनाएपछि महँगो शुल्क तिरेर स्वदेश फर्कन बाध्य भएका छन्।थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा मासिक १ लाख ३० हजार कमाइ हुने प्रलोभनमा १ लाख ५० हजार रुपैयाँ एजेन्टलाई बुझाएका उनी अन्ततः फसेका हुन्।थाइल्याण्डमा अंग्रेजी अनुवादकको काम भनेर म्यान्माको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएर बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङका लगाएपछि ती व्यक्ति ८ लाख रुपैयाँ कम्पनील

भारतबाट रासायनिक मल नेपाल ल्याउने निश्चित

काठमाडौं । भारतबाट जी टू जी अन्तर्गत खरिद प्रक्रियाको रासायनिक मल नेपाल ल्याइने निश्चित भएको छ । सम्झौताअनुसार पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल खरिद गर्न भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत भइसकेको जनाइएको छ । पहिलो खेपको मल एक […]

एक महिनाभित्रमा भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल आउने

१३ कात्तिक, काठमाडौं । भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर […]

नेपाल धितोपत्र बोर्डले दियो २ ओटा बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति

माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको  हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।  बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।  त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ । कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई दियो हकप्रद निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स IME General Insurance र शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो   ।बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । जस अनुसार आईएमई जनरल इन्स्योरेन्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।

आईपीओ जारी गर्न सामलिङ पावर कम्पनीलाई अनुमति

४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । बोर्डले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो …

सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

साउन ४, काठमाडौं । सामलिङ पावर कम्पनीले आईपीअ‍ो निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले बोर्डबाट अनुमति पाएसँगै १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।   विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ  । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।   उक्त कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।

वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति

काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।

एपको नक्कल गरेको भन्दै फेसबुकमाथि जरिमाना

इटालीको एक अदालतले फेसबुक कम्पनीमाथि जरिमानाको निर्णय गरेको छ । इटालीको मिलानस्थित पुनरावेदन अदालतले एपको नक्कल गरी इटालीको एक सफ्टवेयर डेभलपमेन्ट कम्पनीलाई क्षति पुर्‍याएको ठहर गर्दै फेसबुकलाई ३८ लाख ३० हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको …

https://www.onlinekhabar.com/2020/07/885858

१५ साउन, काठमाडौं । सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । उद्योग मन्त्रालयको प्रस्ताव …