नेपाल धितोपत्र बोर्डले दियो २ ओटा बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति

माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको  हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।  बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।  त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ । कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।

सम्बन्धित सामग्री

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्कासन गर्न सेबोनबाट पाए स्वीकृति

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका छन् । रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले हकप्रद निष्कासनको लागि पुस १९ गते बोर्डबाट अनुमति पाएको नेप्सेमार्फत जानकारी दिएका हुन् ।  अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । अब कम्पनीले १ करोड ८६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्वीकृति पाएसँगै कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ३२ करोडभन्दा बढी पुग्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर विक्रीका लागि हिमाल दोलखाले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (Himal Dolakha Hydropower Company Limited)ले ७५ प्रतिशत हकप्रद शेयर (Rights Share) निष्कासनका लागि बुक क्लोज (Book Close)को मिति तय गरेको छ । कम्पनी (HDHPC)ले हकप्रद शेयर निष्कासनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी (Paid up Capital)को आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)बाट अनुमति पाइसकेको छ । वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन ।  कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।

हकप्रद निष्कासनका लागि एचआईडिसिएलले पायो बोर्डको अनुमति

जेठ ९, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) लाई  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको छ । कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न बोर्डले आज (आइतवार) अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद निस्कासनको लागि चैत १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो ।

अपी पावरलाई हकप्रद जारी गर्न अनुमति

अपी पावर कम्पनीले हकप्रदन निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड कम्पनीलाई वैशाख १९ गते कम्पनीलाई १ः०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।कम्पनीले २०७७ फागुन ९ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकत्ता १०० रुपैयाँ अकित मुल्यमा हाल कायम चुक्ता पुँजीको […]