दिगो भविष्यका लागि अन्तर सांस्कृतिक संवाद महत्त्वपूर्ण- युनेस्को

न्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तर सांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्त्वपूर्ण भएको बताएको छ ।

सम्बन्धित सामग्री

बर्दियाका धार्मिक अगुवा बालविवाह रोक्न सक्रिय

बर्दिया जिल्लामा बालविवाह रोक्न विभिन्न धर्मका धार्मिक गुरु तथा अगुवाहरू सक्रिय भएका छन् । उनीहरू सक्रिय भएपछि बालविवाह रोक्न ठुलो सहयोग पुगेको छ । बर्दिया जिल्लाका चार वटा पालिकामा धर्मगुरुहरुलाई समेटेर अन्तर धार्मिक समूह गठन गरेर सो समूहलाई बालविवाह रोक्न परिचालन गरिएपछि बालविवाहमा कमी आएको पालिकाहरुले जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको बाल संरक्षण कार्यक्रम अन्तर्गत विभिन्न धर्मका धार्मिक अगुवाहरुलाई बालविवाह रोकथाममा सक्रिय पारिएको हो । धार्मिक गुरुहरुको सहयोग प्राप्त भएपछि गाउँघरमा कम उमेरमा गरिने विवाहमा धेरै कमी आएको गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेमा कुमारी थारुले बताउनुभयो । उहाँले विवाहका लागि चिनो देखाउन जाँदा धार्मिक गुरुले उमेरको प्रमाणपत्र माग्ने गरेकोले बालविवाह हुन नपाएको बताउनुभयो ।