एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्। जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्।अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको

सम्बन्धित सामग्री

एमाले पाँचथरको अध्यक्षमा विष्णु सापकाेटा सर्वसम्मत चयन

नेकपा एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा विमल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।

एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।२६ गते ८ औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका थिए । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो ।  जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन

एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिवेशनले शाहीलाई सर्वसम्मतिमा चयन गरेको एमाले बाजुराले जनाएको छ । उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् ।यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उ

एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत

धनगढी- नेकपा एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत चयन भएका छन्। पुस २३ गते भएको एमाले बाजुराको ८ औं अधिवेशनले ५ दिनपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो। एमाले बाजुरा जिल्ला कमिटीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा तथा सह–सचिवमा हरीबहादुर रोकाया र जनक बोहरा चयन भएका छन्।

एमाले काठमाडौंकाे अध्यक्षमा दीपक निरौला सर्वसम्मत

काठमाडाैं : नेकपा एमाले काठमाडौं जिल्ला कमिटीकाे अध्यक्षमा दीपक निरौला सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न जिल्ला अधिवेशनबाट निराैलाकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे हाे।जसकाे उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उपसचिवमा विन्दु महर्जन र उपसचिव तेज ढकाल चयन भएका छन्।

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

एमाले काभ्रेको अध्यक्षमा ब्याञ्जू र तनहुँमा श्रेष्ठ सर्वसम्मत

नेकपा एमाले काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष  र एक उपसचिव पदमा सर्वसम्मत  चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका हुन् ।

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत

बुटवल : नेकपा (एमाले) गुल्मीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बालसिंह काउछा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। भने, सचिवमा गणेश श्रीपाली सर्वसम्मत भएका छन्। काउछा यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए। त्यस्तै, उपाध्यक्षमा हीरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनय दर्ता गरेका छन् भने उपसचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्रा आचार्य…

एमाले सैनामैनाको अध्यक्षमा न्यौपाने सर्वसम्मत

नेपाली एमाले रुपन्देही सैनामैना नगरपालिकाको अध्यक्षमा टेकनारायण न्यौपाने सर्वसम्मत चयन भएका छन् । नगर उपसभापतिमा टमबहादुर पूर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिव सविता भुसाल भण्डारी र लेखनाथ खनालसहित ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।