धनगढी- नेकपा एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत चयन भएका छन्। पुस २३ गते भएको एमाले बाजुराको ८ औं अधिवेशनले ५ दिनपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो। एमाले बाजुरा जिल्ला कमिटीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा तथा सह–सचिवमा हरीबहादुर रोकाया र जनक बोहरा चयन भएका छन्।