एमाले पाँचथरको अध्यक्षमा विष्णु सापकाेटा सर्वसम्मत चयन
नेकपा एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा विमल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन्। आइतबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो। कास्की १ (ख) बाट निर्वाचित एमाले पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई एमाले संसदीय दलको नेता भएसँगै मुख्यमन्त्री बन्ने ढोका खुलेको छ। एमाले गण्डकीमा दोस्रो ठूलो शक्ति हो। केन्द्रमा नेकपा माओवादी […]
नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।२६ गते ८ औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका थिए । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो । जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन
धनगढी- नेकपा एमाले बाजुराको अध्यक्षमा कालिबहादुर शाही सर्वसम्मत चयन भएका छन्। पुस २३ गते भएको एमाले बाजुराको ८ औं अधिवेशनले ५ दिनपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो। एमाले बाजुरा जिल्ला कमिटीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा तथा सह–सचिवमा हरीबहादुर रोकाया र जनक बोहरा चयन भएका छन्।
धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]
नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध
नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली एमाले रुपन्देही सैनामैना नगरपालिकाको अध्यक्षमा टेकनारायण न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
नगर उपसभापतिमा टमबहादुर पूर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिव सविता भुसाल भण्डारी र लेखनाथ खनालसहित ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।