भक्तपुरका ९२ ठाउँमा अनधिकृत प्लटिङ, अनुमति नलिएका प्लटिङ किनबेचमा रोक लगाइने

माघ ६, काठमाडौं । भक्तपुर जिल्लाका ९२ ओटा ठाउँमा अनधिकृत प्लटिङ गरिरहेको पाइएको छ । पछिल्लो एक वर्षदेखि नयाँ अनुमति कसैले नपाएपनि नयाँ नयाँ ठाउँमा प्लटिङ गरेको पाइएपछि जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमन अघि बढाएको थियो । अनुगमनको क्रममा सूर्यविनयाक नगरपालिकामा ११ ओटा ठाउँमा, मध्यपुर थिमि नगरपालिकामा एक ठाउँमा र चागुनारायण नगरपालिकामा ८० ओटा ठाउँमा अनधिकृत प्लटिङ भइरहेको पाइएको हो ।  अनुमति लिएर प्लटिङ गर्दा बाटो ठूलो छोड्नुपर्ने, खुल्ला क्षेत्र छोड्नुपर्ने, वातावरणीय मूल्याङ्कन गर्नुपर्ने लगायतका कारणले घरजग्गा व्यवसायीले छोटोबाटो बाट प्लटिङ गर्ने गरेको भक्तपुर जिल्ला आयुक्त राजेन्द्र प्रसाद पाण्डेले अभियानलाई बताए । 'अहिले धेरै नाफा कमाउन र छिटो नाफा कमाउन अनुमति नलिइ गरिएका प्लटिङमा भोलि मानबीय क्षति हुने अवस्था आयो भने को जिम्मेवार हुन्छ ?' पाण्डेले प्रश्न गर्दै भने, 'डाँडा पनि मासेका छन्, खोला पनि मासेका छन् । बस्नै नमिल्ने, बेच्नै नमिल्ने घडेरी निकालेर बेचविखन गरिरहेका छन् ।  यसलाई रोक्न हामि कडा कदम चाल्दै छौ ।' ललितपुर जिल्ला आयुक्तको कार्यालयले पनि अनधिकृत प्लटिङ भइरहेको ठाउँमा अनुगमन गरिरहेको छ । मापदण्ड नपुगेका र वातावरणमा प्रतिकुल असर पुग्न सक्ने देखिएमा उपत्यका विकास प्राधिकरणले त्यस्ता घरजग्गा किनबेचमा रोक लगाउने तयारी गरेको छ । यो पनि पढ्नुस-  घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ? आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ? सुक्खा बन्दरगाहले नेपालकै नं १ व्यापारिक हब बन्दै बल्खु-कलंकी क्षेत्र, न्यूरोडका ३५०० होलसेल बल्खु सर्दै धमाधम टाट पल्टिदै चिनियाँ रियल इस्टेट कम्पनी, १० वर्ष यताकै ठूलो मन्दी, नेपालको अवस्था के छ ?  

सम्बन्धित सामग्री

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।  स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न […]

प्लटिङ विवादमा धनगढीका मेयरले भने– गुटबन्दी भयाे, तर म पछि हट्दिनँ

कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ ।

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।  स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५ सेन्टिमिटर...

धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर हुनुपर्ने

जग्गा प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने मापदण्डसहित धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ। सोमबार स्थानीय राजपत्रमा प्रकाशित कार्यविधिअनुसार अब नगरभित्र नयाँ प्लटिङ गरिएको जग्गामा १५...

काठमाडौंका अव्यवस्थित प्लटिङ र पहिरो– फोटो फिचर

शहरमा खाली ठाँउ छैन। जग्गा व्यवसायीले काठमाडौं उपत्यकाकाको काँठका कुनाकाप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। बर्खे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ।  स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।बर्खायाम

शहरमा छैन खाली ठाँउ, कुना काप्चा र कान्लामासमेत प्लटिङ(फोटोफिचर)

काठमाडाैँ – शहरमा खाली ठाँउ छैन। जग्गा व्यावसायीले काठमाडौँको काँठका कुना काप्चा र पहाडका कान्लामासमेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्खेभेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ। निजी क्षेत्रलाई […]

उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ

काठमाडौं । काठमाडौं उपत्यकामा २ हजार रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा प्लटिङ गरेको पाइएको छ ।गैरकानुनी रूपमा धमाधम जग्गा प्लटिङ भइरहँदा पनि त्यसलाई रोक्न सम्बन्धित निकायले भने आँखा चिम्लिदिने गरेको छ । यसले सरकारी निकायको मिलिमतो रहेको हुन सक्ने देखिएको छ । उपत्यका विकास प्राधिकरणअन्तर्गतका निकायले गैरकानुनी प्लटिङ भएका त्यस्ता जग्गाको अभिलेख गरे पनि कारबाही […] The post उपत्यकामा २ हजार रोपनी जग्गा गैर कानुनी प्लटिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरका ९२ स्थानमा अनधिकृत प्लटिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले

इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.