शहरमा खाली ठाँउ छैन। जग्गा व्यवसायीले काठमाडौं उपत्यकाकाको काँठका कुनाकाप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन्। पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। बर्खे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ। पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ। स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन्।बर्खायाम